Kathmandu Press

छाउपडीमा २१ वर्षीया युवतीको मृत्यु

अछाम, मंसिर १६ : सुदूरपश्चिममा छाउपडीमा बसिरहेकी एक युवतीको मृत्यु भएको छ।

गएराति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया ....

छाउपडीमा २१ वर्षीया युवतीको मृत्यु
फाइल फोटो

अछाम, मंसिर १६ : सुदूरपश्चिममा छाउपडीमा बसिरहेकी एक युवतीको मृत्यु भएको छ।

गएराति अछामको साँफेबगर नगरपालिका–३ सिद्धेश्वरकी २१ वर्षीया पार्वती रावतको मृत्यु भएको हो। उनको छाउपडीमै मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय, अछामले जनाएको छ।

उनको कसरी मृत्यु भयो भन्ने खुलेको छैन। घटनाबारे अनुसन्धानका लागि साँझेबगर ईलाका प्रहरी कार्यालयको टोली पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।

सुदूरपश्चिमका पहाडी जिल्लामा महिनावारी भएका वेला घरमा बस्न नदिएर छाउपडीमा बस्न लगाउने गरिन्छ। महिनावारी भएकी पार्वतीलाई घरभन्दा बाहिर छाउपडीमा बस्न लगाइएको थियो। महिनावारी भएकाे वेला बस्नलाई बनाएकाे सानाे कटेराेलाई छाउपडी भनिन्छ।

छाउपडीमा वर्षेनी कर्यौ महिलाले ज्यान गुमाउने गरेका छन्। अहिलेसम्म छाउपडीमै १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:५४ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्