फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा नेकपा बिजयी
काठमाडौं, मंसिर १६ : पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् ।
कुरुम्बाङले ५ हजार ३६९ प्....

काठमाडौं, मंसिर १६ : पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपा उम्मेदवार बीरबहादुर कुरुम्वाङ विजयी भएका छन् ।
कुरुम्बाङले ५ हजार ३६९ प्राप्त गर्दै बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका वृजहाङ आङदेम्बेले ४ हजार ५६३ मत पाएका छन् । कुरुम्बाङ ८०६ मत अन्तरले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा नेकपा विजयी भएको हो ।
प्रकाशित मिति: ०८:२१ बजे, सोमबार, मंसिर १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार