Kathmandu Press

विराट नर्सिङ होमको आईसीयूबाटै सिद्धबाबा प्रहरीको नियन्त्रणमा 

काठमाडौं, मंसिर १६ : करणीको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) पक्राउ परेका छन् ।

प्रहरीको टोलीले उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै ....

विराट नर्सिङ होमको आईसीयूबाटै सिद्धबाबा प्रहरीको नियन्त्रणमा 

काठमाडौं, मंसिर १६ : करणीको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) पक्राउ परेका छन् ।

प्रहरीको टोलीले उनलाई विराट नर्सिङ होमको आईसीयूबाटै नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीको टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार सिद्धबाबालाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय, सुनसरी पुर्‍याइएको छ ।

करणीको आरोप लागेका सिद्धबाबा हृदयघात भएको भन्दै आइतबार विराट नर्सिङ होममा भर्ना भएका थिए । 

प्रकाशित मिति: ०७:५९ बजे, सोमबार, मंसिर १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्