Kathmandu Press

धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेद्वार १३ सय मतले अगाडी 

काठमाडौं, मंसिर १६ : धरान उपमहानगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वार तिलक राई १३ सय ३ मतले अगाडी छन् । 

धरान उपमहानगरपालिकामा काँग्रेस उम्मेद्वार १३ सय मतले अगाडी 

काठमाडौं, मंसिर १६ : धरान उपमहानगरपालिकामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेद्वार तिलक राई १३ सय ३ मतले अगाडी छन् । 

नेपाली काँग्रेसका राई्ले २१,३११ मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २०००८ मत प्राप्त गरेका छन् । यसैगरी सँघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बुवानका अमर इजम १००८, सँघिय समाजबादीका गजेन्द्र इस्बोले ६५२ र स्वतन्त्रका हर्कराज राई ३८३ ले मत प्राप्त गरेका छन् ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन नेकपा एमालेका तारा राई विजयी भएका थिए । उनको मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

पछिल्लो परिणाम हेर्दा सत्तारुढ दल नेकपाले यो उपमहानगर पनि गुमाउने अनुमान गरिएको छ । 
 

प्रकाशित मिति: ०७:३२ बजे, सोमबार, मंसिर १६, २०७६