बागलुङ–२ (ख) मा नेकपाको सहयोगमा जनमोर्चाका शाही बिजयी
काठमाडौँ, मंसिर १६ : बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
आईतबार राति सकिएको मतगणनाको अन्तिम परिणा....

काठमाडौँ, मंसिर १६ : बागलुङ–२ (ख) प्रदेशसभा सदस्यमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।
आईतबार राति सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार बामगठवन्धनका उमेदवार राष्ट्रिय जनमोर्चाका खीमबिक्रम शाही २०९७ मतान्तरले बिजयी भएका हुन् । जनमोर्चाको बाहुल्यता रहेको यस क्षेत्रमा सत्तारुढ दल नेकपाको समर्थन रहँदै आएको छ र यसपटक पनि नेकपाले चुनावी साझेदारी गरेको थियो ।
शाहीले ११,२३५ मत प्राप्त गर्दा निकटतम प्रतिव्दन्दी नेपाली कांग्रेसका उम्मेद्वार जीतबहादुर शेरचनले ९,१३८ मत प्राप्त गरे । अघिल्लो निर्वाचनमा नेकपा राजमो बामगठवन्धनबाट राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले ११,८८४ मत ल्याएर निर्वाचित भएका थिए ।
त्यस निर्वाचनमा पनि नेपाली काँग्रेसबाट जीतबहादुर शेरचन नै पराजीत भएका थिए । उनले ८,६२४ मत ल्याएका थिए ।











