Kathmandu Press

भारत एशिया कपको सुपर फोरमा

काठमाडौं, भदौ १६ : हङकङलाई पराजित गर्दै भारत एशिया कपको सुपर फोरमा पुगेको छ।गएराति यूएईमा भएको खेलमा भारतले हङकङलाई ४० रनले पराजित गरेको...
भारत एशिया कपको सुपर फोरमा

काठमाडौं, भदौ १६ : हङकङलाई पराजित गर्दै भारत एशिया कपको सुपर फोरमा पुगेको छ।

गएराति यूएईमा भएको खेलमा भारतले हङकङलाई ४० रनले पराजित गरेको हो। भारतले दिएको १९३ रनको लक्ष्य पछ्याउने क्रममा हङकङले पाँच विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सक्यो।

हङकङका लागि बाबर हायातले ४१, किन्चित शाहले ३०, जिशन अलिले २६ र स्कट म्याकिन्चीनीले १६, अजाज खानले १४ र कप्तान निजाकत खानले १० बनाए।

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवीन्द्र जडेजा र आवेश खाले एक-एक विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले दुई विकेट गुमाउँदै एक सय ९२ रन बनायो। भारतका लागि सूर्यकुमार यादव ६८ र विराट कोहलीले ५९ रन बनाए। त्यस्तै, केएल राहुलले ३६ र रोहित शर्माले २१ रन बनाए।

हङकङका लागि अयुस शुक्ला र मोहम्मद घजान्फरले समान एक-एक विकेट लिए।

यसअघि पाकिस्तानलाई हराएको भारत चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ। अब पाकिस्तान र हङकङबीच हुने खेलको विजेता सुपर फोरमा पुग्नेछ।

 

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्