Kathmandu Press

बिहानैदेखि वर्षा, कस्तो छ आज दिनभरको मौसम?

काठमाडौं, भदौ १६ : मनसुनी वायुको प्रभावले आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून...
बिहानैदेखि वर्षा, कस्तो छ आज दिनभरको मौसम?

काठमाडौं, भदौ १६ : मनसुनी वायुको प्रभावले आज बिहानैदेखि देशका विभिन्न भागमा वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ। जसले गर्दा हाल देशभर सामान्यदेखि पूर्णतया बदली रहेको छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले आकलन गरेको छ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी, प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

प्रकाशित मिति: ०६:३७ बजे, बिहीबार, भदौ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्