Kathmandu Press

गठबन्धनमा सन्तुलित ढङ्गबाट सिट बाडफाँट गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, भदाै १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन...
गठबन्धनमा सन्तुलित ढङ्गबाट सिट बाडफाँट गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, भदाै १५ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान रक्षाका लागि विगतमा आफूहरूले राष्ट्रिय राजनीतिमा निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्न खोजिए त्यो स्वीकार्य नहुने बताएका छन।

युवा सङ्घ नेपालले आजदेखि आयोजना गरेको मेची–महाकाली जागरण अभियानको शुभारम्भ कार्यक्रममा  अध्यक्ष नेपालले गठबन्धनमा आफूहरूलाई अपमान गर्न खोजिएको भन्दै फाइदा नहुने गठबन्धन गरेर आफ्नो पार्टी कसैका लागि भर्‍याङ मात्र नहुने बताए। आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले सन्तुलित तथा न्यायोचित ढङ्गबाट सिट बाँडफाँट गर्नुपर्ने उनको भनाइ थियो।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले गाउँगाउँमा मतदाता शिक्षा दिनुपर्नेमा जोड दिँदै मतदातालाई शिक्षित बनाउन नसक्दा स्थानीय तह निर्वाचनमा आफूहरूले लाखौँ मत गुमाएको बताए।

आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई आ–आफ्नो जिल्लाको निर्वाचन क्षेत्रमा जान निर्देशन दिँदै उनले भने, 'यो काठमाडौँमा पलेँटी कसेर बस्ने काम नगर्नुहोस्, आ–आफ्नो जिल्ला जानुहोस्, आ–आफ्नो निर्वाचन क्षेत्रमा जानुहोस् । निर्वाचन लक्षित कार्यक्रम गर्नुहोस्।'

प्रत्येक निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीको प्रत्यक्ष उम्मेदवार नभए पनि समानुपातिकमा पार्टीका पक्षमा मतदातालाई आकर्षित गर्नुपर्ने उनको भनाइ थियो।

युवा सङ्घ नेपालले संविधान र लोकतन्त्रको रक्षा गर्दै स्थायित्व, विकास र अग्रगमनको आशा जगाउन, जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आजदेखि भदौ २३ गतेसम्म मेची–महाकाली अभियान सुरु गरेको छ।

युवा पलायनलाई रोक्न, राजनीतिप्रति उत्साह बढाउनका साथै भ्रष्टाचार विरुद्ध गतिविधि सञ्चालन गर्न र समाजवादी यात्रामा आम जनसमुदायलाई एकताबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहका लागि अभियान सञ्चालन गरिएको जनाइएको छ।

अध्यक्ष नेपालले अभियानका प्रतिनिधिलाई युवा सङ्घको झण्डा हस्तान्तरण गरी अभियानको प्रारम्भ गरेका हुन।

प्रकाशित मिति: २०:४३ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्