सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन, अर्को बैठक बिहिबार
बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरेर सकिएको हो । नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ ।
काठमाडौं, भदौ १५ : सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक फेरि बिना निष्कर्ष टुंगिएको छ ।
बुधबार साँझ बालुवाटारमा बसेको बैठक कुनै ठोस निर्णय नगरेर सकिएको हो । नेताहरूले आआफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटकपटक निष्कर्षविहीन बन्दै आएको छ । बैठक बिहिबार पुन बस्ने छ ।
कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ । माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ ।
प्रकाशित मिति: २०:२७ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











