दाङ ३ ‘ख’ मा नेकपाकी विमला खत्री निर्वाचित
घोराही, मंसिर १७ : दाङ क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’ मा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला कुमारी खत्री निर्व....

घोराही, मंसिर १७ : दाङ क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’ मा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला कुमारी खत्री निर्वाचित भएकी छिन्।
नेकपाकी उम्मेदवार विमलाले कांग्रेसका उम्मेदवार केशवराज शर्मालाई ५ हजार १ सय ४ मतान्तरले पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन्। प्रदेश सभा सदस्यमा निर्वाचित नेकपाकी विमलाले २४ हजार २ सय ८६ मत मत प्राप्त गर्दा कांग्रेसका केशवराजले १९ हजार १ सय ८२ मत पाए।
यसअघि २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनबाट निर्वाचित नेकपाका सांसद उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन भएको हो। त्यतिबेला पनि नेकपाका ओलीले कांग्रेसका उम्मेदवार वुद्धिराम भण्डारीलाई झण्डै ६ हजार मतान्तरले पराजित गरेका थिए।











