Kathmandu Press

राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेट, नागरिकता विधेयकबारे छलफल 

काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले भेट गरेको छ । शीतल निवासमा बुधबार भएको भेटमा...
राष्ट्रपति भण्डारी र प्रचण्डबीच भेट, नागरिकता विधेयकबारे छलफल 
फाइल तस्बिर

काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको टोलीले भेट गरेको छ । 

शीतल निवासमा बुधबार भएको भेटमा अध्यक्ष दाहालले राष्ट्रपति भण्डारीले नागरिकताको बारेमा व्यक्त गरेको चासो र माओवादीको आधार समान रहेको बताएका थिए ।

दाहालको सचिवालयका अनुसार दाहालले राष्ट्रपति भण्डारीलाई नागरिकताको विषयमा राष्ट्रिय सहमति बन्न नसकेको कारण विधेयकमा नयाँ व्यवस्था नगरिएको बताए । 

संसद्को दुवै सदनबाट बहुमतले पारित गरेर प्रमाणिकरणका लागि पठाइएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले गत साउनको अन्त्यतिर सुझावसहित संसद्मै फिर्ता पठाएकी थिईन् ।

त्यसपछि संसद्ले पूर्ववत् विधेयक नै हुबहु पारित गरेको थियो । 

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्