नेकपा एमालेले गर्यो काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस (सूचीसहित)
काठमाडौं, भदौ १५ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस भएका छन्। बुधबार नेकपा एमालेका...
काठमाडौं, भदौ १५ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभातर्फ काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस भएका छन्।
बुधबार नेकपा एमालेका तर्फबाट काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय कमिटीले उम्मेदवाहरूको नाम सिफारिस गरेका हुन्।
काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर विद्यासुन्दर शाक्यदेखि अध्यक्ष केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेतको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर १ विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई
क्षेत्र नम्बर २ मणिराम फुयाल
क्षेत्र नम्बर ३ कृष्ण राई
क्षेत्र नम्बर ४ डा. राजन भट्टराई, निर्मल कुँइकेल
क्षेत्र नम्बर ५ ईश्वर पोखरेल
क्षेत्र नम्बर ६ योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना
क्षेत्र नम्बर ७ इन्दिरा पन्त, वीपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त
क्षेत्र नम्बर ८ राजेश शाक्य
क्षेत्र नम्बर ९ कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य
क्षेत्र नम्बर १० विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन











