सीट बाँडफाँटमा धेरै विवाद छैन् : प्रचण्ड

काठमाडौं, भदौ १५ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनमा बाहिर आएजस्तो सीट बाँडफाँटमा विवाद नभएको बताएका छन् ।
पार्टी सम्पर्क समन्वय प्रदेशको बैठकलाई केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले सीट बाँडफाँटमा धेरै ठुलो विवाद नभएकाले यहीँ गठबन्धनलाई बलियो गरेर जाने प्रष्ट पारेका हुन् ।
सत्ता गठबन्धनबाट बाहिर जाने विषयमा पार्टीले सोच्दै नसोचिएको प्रचण्डले प्रष्ट पारेका छन् । प्रदेश समन्वय समितिले प्रदेश र संघमा नाम सिफारिस गर्दा समानुपातिक समावेशीका आधारमा योग्य, सक्षम र चुनाव जित्न सक्ने नाम सिफारिस गर्न प्रचण्डले आग्रह गरेका छन् ।
विगतको स्थानीय चुनावमा सम्पर्क समन्वय समितिले महत्वूर्ण भूमिका खेलेको चर्चा गर्दै प्रचण्डले प्रदेश र संघमा समेत भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १८:३४ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











