Kathmandu Press

कास्कीबाट उम्मेदवारमा नाम आएपछि गगनले भने-‘मेरो उम्मेदवारी काठमाडौ ४ बाट नै’ 

काठमाडौं, भदौ १५  : नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता गगन थापाले आफू काठमाडौ निर्वाचन क्षेत्र नं  ४ बाट नै मेरो उम्मेदवारीको तयारी...
कास्कीबाट उम्मेदवारमा नाम आएपछि गगनले भने-‘मेरो उम्मेदवारी काठमाडौ ४ बाट नै’ 

काठमाडौं, भदौ १५  : नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता गगन थापाले आफू काठमाडौ निर्वाचन क्षेत्र नं  ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको प्रष्टाएका छन् ।

उनले सामाजिक सञ्जालमा एक स्टाट्स लेख्दै काठमाडौ निर्वाचन क्षेत्र नं  ४ बाट नै मेरो उम्मेदवारीको तयारी गरिरहेको र स्वाभाविक रूपमा म उम्मेदवार हुने यहीँबाट हुने प्रष्ट पारेका हुन् ।

थापाको नाम कास्की क्षेत्र नं १ बाट सिफारिस भएको समाचार बाहिरिएपछि उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘कास्की क्षेत्र नं १ मा पार्टीका साथीहरूले स्नेहपूर्वक चाहना राखेर प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि मेरो पनि नाम प्रस्तुत गर्नुभएकोमा त्यो सद्भावका लागि धन्यवाद।’  

प्रकाशित मिति: १८:१८ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्