सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन देउवाको निर्देशन
काठमाडौं, भदौं १५ : प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेताहरूलाई निर्देशन...
काठमाडौं, भदौं १५ : प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई असर पर्ने गरी सार्वजनिक मन्तव्य नदिन पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा उनले गठबन्धनका विरुद्ध एक शब्द पनि नबोल्न निर्देशन दिएका हुन् ।
यस्तै, देउवाले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदललाई गठबन्धन नटुट्ने गरी ‘वर्कआउट’ गर्न निर्देशन दिए । सभापति देउवाले निर्वाचनपछि पनि गठबन्धन निरन्तर हुनुपर्ने भन्दै सिट बाँडफाँटमा लचक बन्न कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए ।
प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











