वायुसेवा निगममा विकृत र अस्तव्यस्त रहेकाले सुधार्नु आवश्यक : मन्त्री श्रेष्ठ
काठमाडाैं, भदाै १५ : संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृत र अस्तव्यस्त रहेकाले सुधार्नु आवश्यक रहेको बताएका छन्।उनले सरकारले...
काठमाडाैं, भदाै १५ : संस्कृति, पर्यटन तथा नागरिक, उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल वायुसेवा निगममा विकृत र अस्तव्यस्त रहेकाले सुधार्नु आवश्यक रहेको बताएका छन्।
एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज यहाँ आयोजना गरेको ‘पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको समस्या र चुनौती’ विषयक अन्तरक्रियामा उनले सरकारले ४७ अर्ब रुपियाँ बजेट दिए पनि सरकारसँग नेपाल वायुसेवा निगमले समन्वय नगरेकोले अस्तव्यस्त भएको बताए। उनले वायुसेवा निगमले सञ्चालन गरेको ध्वजाबहाक जहाज बिग्रिएर सञ्चालन हुन नसकेको बताए।
'सरकारसँग समन्वय नगरेर एकल ढंगबाट नेपाल वायुसेवा निगम चलाइयो भने समाप्त हुन्छु,' उनले भने,'सरकारको समन्वयमा वायुसेवा निगमले ध्वजाबहाक जहाज सञ्चालन गर्नुपर्दछ।' अनलाइन टिकट गर्नका लागि आफूले निर्देशन दिए पनि नेपाल वायुसेवा निगमले नमानेको उनले बताए। उनले १२ महिना पर्यटन भित्र्याउन पहल गरिने योजना बनाइरहेको बताए।
उनले एक दशकको भ्रमण वर्षका सम्बन्धमा मन्त्रालयबाट निर्णय गरिसकेको भन्दै अव चाँडै नै मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउने बताए। 'अब एक वर्षको भ्रमणले पुग्दैनु,' उनले भने, 'नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउनका लागि एक दशकको भ्रमण वर्ष चाहिन्छ।'
कार्यक्रममा डा. बिपी बडालले कार्यपत्र प्रस्तुत गर्दै स्थानीय पर्यटन शुल्क मिनाह गरी पर्यटकको बसाइँ तथा खर्च बढाउने कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुँयाल र नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दीपेन्द्रपुरुष ढकालले टिप्पणी गर्दै नेपालमा पर्यटनको सम्भावना रहेकोले प्रचारप्रसारको कमी र पर्यटन नीतिगत सुधार आवश्यक रहेको बताए।











