महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी
बर्दिबास, मंसिर १५ : महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरी निर्वाचित भएका छन्।
आइतबा....
बर्दिबास, मंसिर १५ : महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विक्रम चौधरी निर्वाचित भएका छन्।
आइतबार साँझ सकिएको मतगणना अनुसार नेकपाका चौधरीले समाजवादी पार्टी नेपालका उम्मेदवार रामजानकी यादवलाई पराजित गरेका हुन्।
अध्यक्षमा विजयी नेकपाका चौधरीले ३२ सय ४९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका यादवले ३०४१ मतमात्रै पाए।
राजपाकी रविताकुमारी चौधरीले २९६६ मतका साथ तेस्रो हुँदा कांग्रेसका विजयकुमार यादवले १९३५ मतमात्रै पाए।
यसअघि पिपरा गाउँपालिकाको अध्यक्ष राजपा नेपालले जितेको थियो।
प्रकाशित मिति: १८:३५ बजे, आइतबार, मंसिर १५, २०७६
थप समाचार






