Kathmandu Press

थपिए २७१ कोरोना संक्रमित, एक जनाकाे मृत्यु

काठमाडौं, भदौ १५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ४ सय ८५...
थपिए २७१ कोरोना संक्रमित, एक जनाकाे मृत्यु

काठमाडौं, भदौ १५ : पछिल्लाे २४ घन्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप १ सय ७५ जना निको भएका छन्। हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:०७ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्