Kathmandu Press

२४ घन्टाभित्र कर नतिरे फन पार्क सिलबन्दी गर्ने काठमाडाैं महानगरकाे चेतावनी

महानगरको राजस्व विभागले फन पार्कलाई बुधबार पत्राचार गर्दै व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न ताकेता गर्दै त्यसका लागि २४ घन्टाकाे अल्टिमेटम दिएकाे हाे।
२४ घन्टाभित्र कर नतिरे फन पार्क सिलबन्दी गर्ने काठमाडाैं महानगरकाे चेतावनी

काठमाडौं, भदौ १५ : काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गमा रहेको काठमाडौं फन पार्क प्रालिलाई २४ घन्टाभित्र कर नतिरे सिलबन्दी गरी असुलउपर गर्ने चेतावनी दिएको छ।

महानगरको राजस्व विभागले फन पार्कलाई बुधबार पत्राचार गर्दै व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न ताकेता गर्दै त्यसका लागि २४ घन्टाकाे अल्टिमेटम दिएकाे हाे।

‘व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन तथा मनोरञ्जन कर महानगरको राजस्व विभागमा २४ घण्टा भित्रै बक्याैता र जरिवाना रकम तिर्न जानकारी गराइन्छ,’ महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीमार्फत गरिएको पत्राचारमा उल्लेख छ।

फन पार्कले सात वर्षदेखि कर नतिरेको बताउँदे अधिकारीले भने बिहीबार बेलुकासम्म बक्यौता कर नतिरे बन्द गर्ने चेतावनी दिएकाे जानकारी िदए।

समाजकल्याण परिषद्को स्वमित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फनपार्क पार्क प्रालिले भाडा  लिएर विभिन्न भौतिक संरचना  बनाई खेल गतिविधि सञ्चालन गर्दै आएको छ।

हेर्नुहोस् पत्र

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्