Kathmandu Press

एकीकृत समाजवादी युवा संघकाे चुनाव केन्द्रित महाकाली-मेची अभियान सुरू

काठमाडाैं, भदाै १५ : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चुनाव केन्द्रित महाकाली मेची अभियान बुधबारबाट सुरु भएको छ। भदाै २४ गतेसम्म चल्ने अभियानको...
एकीकृत समाजवादी युवा संघकाे चुनाव केन्द्रित महाकाली-मेची अभियान सुरू

काठमाडाैं, भदाै १५ : नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चुनाव केन्द्रित महाकाली मेची अभियान बुधबारबाट सुरु भएको छ। 

भदाै २४ गतेसम्म चल्ने अभियानको पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष माधव नेपालले नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर शुभारम्भ गरेका हून्।

जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको समाजवादीले जनाएको छ।

अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले स्थानीय तहमा दिएको मतका लागि जनतालाई धन्यवाद दिनुपर्ने र आगामी निर्वाचनमा पनि साथ दिन आग्रह गरे।

उनले सिट बाँडफाँटमा तहमाथि भए मान्य नहुने स्पष्ट पारे। फाइदा हुने भए मात्रै गठबन्धन हुने भन्दै फाइदा नभए कसैको भर्‍याङ मात्र नहुने उनको भनाइ छ।

भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिस्कार  भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो। महाकालीबाट यात्रा सुरु गर्ने र मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ। 

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्