Kathmandu Press

सम्पत्ति शुद्धीकरणका लागि राजनीतिक नेतृत्व सशक्त हुनुपर्ने

काठमाडाैं, भदाै १५ : प्रतिनिधिसभाअन्तर्गतकाे अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सम्पत्ति शुद्धीकरण साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।  समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा आयोजना...
सम्पत्ति शुद्धीकरणका लागि राजनीतिक नेतृत्व सशक्त हुनुपर्ने
फाइल तस्बिर

काठमाडाैं, भदाै १५ : प्रतिनिधिसभाअन्तर्गतकाे अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सम्पत्ति शुद्धीकरण साक्षरतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।  

समितिले सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा आयोजना गरेको छलफलमा उनले वित्तीय अनुशासन र सुशासन कायम गराउन राजनीति नेतृत्वको इच्छा शक्ति र विभागले सम्पत्ति शुद्धीकरणको अनुसन्धान विभागको कामका जनजनमा महत्व फैलाउनुपर्ने उनले बताए।

सम्पत्ति शुद्धीकरण निवारणका सम्बन्धमा अन्तर्राष्ट्रियस्तरमा भएका प्रयास, लागूभएका कानुन र मापदण्ड, नेपालको प्रतिबद्धता र आवश्यक नीति कानुनका सन्दर्भमा विषयका ज्ञाता डा. हरि नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए। 

उनीबाट प्रस्तुत कार्यपत्रमा अपराधबाट प्राप्त सम्पत्ति चोरी समान हुनेभएकाले राज्यले जफत गर्नुपर्ने, वित्तीय अपराधी लोककल्याणकारी राज्यका सत्रु, तथा सम्पत्ति शुद्धीकरण भएका देशमा विदेशी लगानी आर्कषण हुने उल्लेख छ। सम्पत्ति शुद्धीकरणका लागि उच्च प्रकृतिका भ्रष्टाचार, कर (राजस्व छली) वित्तीय अपराध, (बैंकिङ कसुर), हुन्डी, मध्यम खालका वित्तीय अपराधमा लागुऔषध ओसारपसार, सङ्गठित अपराध, अपराधिक लाभ, हातहतियार, अन्तरिक आतंकवाद ठगीबारे अनुसन्धान गर्ने सन्दर्भमा राज्यको नेतृत्व चुकेको कार्यपत्रमा उल्लेख छ।

त्यस्तै नक्कली मुद्राको कारोबार, वातावरण अपराध, चोरी, तस्करी (कालो बजारसमेत) र किर्ते तथा न्यून वित्तीय अपराधिक क्रियाकलापमा नक्कली वस्तुको उत्पादन तथा उत्पादनको गैरकानुनी प्रतिलिपि वा चोरी, शरीर बन्धक तथा अपहरण, अन्तर्राष्ट्रिय आतङ्कवाद, चोरी भएका वस्तुको ओसारपसार तथा  भित्री कारोबार तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धमा अनुसन्धान गर्ने सन्दर्भमा राज्यको नेतृत्व चुकेको पनि कार्यपत्रमा उल्लेख छ। 

छलफल कार्यक्रममा अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणका लागि राजनीति नेतृत्व सशक्त रुपमा अगाडि बढ्नुपर्ने बताउँदै कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताए। 

प्रकाशित मिति: १६:०३ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्