Kathmandu Press

परिषदद्वारा १५ गुणस्तर पारित

काठमाडाैं, भदाै १५ : नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५ वटा गुणस्तर पारित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको...
परिषदद्वारा १५ गुणस्तर पारित

काठमाडाैं, भदाै १५ : नेपाल गुणस्तर परिषद्ले आर्थिक वर्ष २०७८/७९ मा १५ वटा गुणस्तर पारित गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले सोही आवमा १५ गुणस्तर पारित गरेको हो।

नयाँ मन्त्री नियुक्ति भएपछि परिषद्को दुईपटक बैठक बस्दा उक्त गुणस्तर पारित भएको हो। नेपाल गुणस्तर तथा नापतौल विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ। परिषद्को सदस्य सचिव विभागका महानिर्देशक हुने प्रावधान रहेको छ।

विभागका महानिर्देशक दिनानाथ मिश्रले विभागको प्राविधिक समितिले ९२ गुणस्तर पारित गरिसकेको बताए। 'विभागको प्राविधिक समितिबाट पारित भएको गुणस्तर क्रमशः नेपाल गुणस्तर परिषद्मा लगेर पारित गर्छाैं,' उनले भने।

परिषद्ले आव २०७७/७८ मा भने ३१ नेपाल गुणस्तर पारित गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्तिमा ढिलाई हुँदा आव २०७७/७८ भन्दा गत आवमा नेपाल गुणस्तर पारित कम भएको विभागले जनाएको छ।

विभागले आव २०७८/७९ मा ५४ वटा उत्पादित वस्तुलाई इजाजतपत्र प्रदान गरेको छ भने १२ वटालाई प्रमाणपत्र प्रदान गरेको छ। सोही आवमा ४९ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ।

सो विभागले गत आवमा दुई सय १३ पटक उद्योगको निरीक्षण अनुगमन, सात सय ५६ वस्तुको नमूना सङ्कलन र नौ वटाको प्रणाली प्रमाणिकरण प्रदान गरेको छ।

तीन हजार दुई सय १४  वस्तुको प्रयोगशालामा रासायनिक, भौतिक, टेक्सटायल, छाला र कागजको परिक्षण सम्पन्न गरेको छ। एक हजार आठ सय ५९ वटालाई क्यालिब्रेसन सेवा प्रदान गरेको जनाएको छ।

विभागले उक्त कार्य गरेवापत गत आवमा रु चार करोड ९२ लाख आठ सय पाँच राजश्व संकलन गरेको छ।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्