Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

इस्लामाबाद, भदाै १५ : पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन्। प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले...
पाकिस्तानी प्रधानमन्त्रीद्वारा बाढीपीडितका लागि अन्तर्राष्ट्रिय सहयोगको अपिल

इस्लामाबाद, भदाै १५ : पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रुपमा प्रभावित पारेको बताएका छन्। 

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरेका हुन्। उनले पाकिस्तानी नागरिकका साथै विदेशी दाता निकाय तथा देशसँग सो अपिल गरेको प्राप्त समाचारमा जनाइएको छ।   
 
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौं लाख भएकाले उनीहरुको उद्वार, पुनःस्थापना र राहतका लागि ठुलो आर्थिक सहयोग आवश्यक रहेको भन्दै यसका लागि उनले आग्रह गरेका छन्।  
 
यहाँका कैयौं प्रान्तमा बाढीले गरेको क्षति न्युनिकरणका लागि सरकारले प्रयत्न गरिरहेको भए पनि सबै नागरिकलाई बास र खानपिनको उचित व्यवस्थापन गर्न सम्भव हुन सकेको छैन। त्यसैले उनीहरुलाई राहात र पुनस्र्थापनाका लागि ठूलो मात्रामा आर्थिक सहयोग आवश्यक परेको भन्दै अन्तरराष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका हुन्।  
 
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ। यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। यहाँ गएको हप्तादेखि अविरलरुपमा वर्षा भएको छ। 
 
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो। यहाँका एक हजार छ सय ३४ जना घाइते भई अस्पतालमा रहेका छन्। 
 
पाकिस्तानी अधिकारीका अनुसार यहाँका बलुचिस्तान, गिलगिट बाल्टिस्तान, खैबर पख्तुनख्वा र सिन्ध प्रान्त बाढी र त्यसपछि आएको पहिरोबाट बढी मात्रामा प्रभावित छन्। 

बाढी र पहिरोले सडक बगाएको, पशु चौपाया बगाएको, पुल भत्काएको तथा ठूलो क्षेत्रमा लगाएको बाली पनि नष्ट गरिदिएको बताइएको छ।

प्रकाशित मिति: १४:२० बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्