Kathmandu Press

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडाैं, भदाै १५ : भाद्र शुक्ल चतुर्थीका दिन बुधबार गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइएको छ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म...
गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडाैं, भदाै १५ : भाद्र शुक्ल चतुर्थीका दिन बुधबार गणेशको पूजा गरी गणेश चतुर्थी व्रत मनाइएको छ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। गणेश चतुर्थीका अवसरमा काठमाडौं कमलादीस्थीत गणेश मन्दिरमा भक्तजनको भिड लागेको थियो।

काठमाडाैं उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरि गणेशको जन्मोत्सव मनाउने गरिन्छ।

हरितालिका तीजको व्रत पारायण गरि गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहदै आएको छ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका वर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने गणेश पुराणमा उल्लेख छ। 

प्रकाशित मिति: १३:५० बजे, बुधबार, भदौ १५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्