Kathmandu Press

कास्की २ मा नेकपाकी विद्या भट्टराईको जित सुनिश्चित

पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराईले जित पक्का भएको छ। 

....
कास्की २ मा नेकपाकी विद्या भट्टराईको जित सुनिश्चित
फाइल

पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विद्या भट्टराईले जित पक्का भएको छ। 

३५ हजार १ सय ३२ मत गणना हुँदा नेकपाकी उम्मेदवारले ८ हजार ५ सय ३६ मतको अग्रता कायम गरेपछि जित सुनिश्चित भएको हो। अब ८ हजार ४ सय ३१ मतमात्रै गणना हुन बाँकी छ। 

नेकपाकी भट्टराईले २० हजार ७७९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २५९ मत पाएका छन्। अब पोखरा वडा नम्बर ४, ७ र ८ को मतमात्रै गणना हुन बाँकी छ।

शनिबार भएको उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ मा ७१ हजार ८७१ मतदातामध्ये ४५ हजार ५६३ मत खसेको थियो। 

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रविन्द्र अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए।
 
प्रकाशित मिति: १७:४० बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्