Kathmandu Press

कोरियामा कोरोनाबाट पचहत्तर जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

साेल, भदाै १५ : दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मंगलबार पनि अप्रत्यासित रूपमा बढेको छ।चिनियाँ समाचार समिति सिन्ह्वाका...
कोरियामा कोरोनाबाट पचहत्तर जनाको मृत्यु, भारतमा पनि बिरामी बढे

साेल, भदाै १५ : दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या मंगलबार पनि अप्रत्यासित रूपमा बढेको छ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार  मङ्गलबार दक्षिण कोरियामा ७५, मलेसियामा चार र न्युजिल्याण्डमा अनुसार  १७ जनाको मृत्यु भएको छ।

न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएअनुसार अघिल्लो महिनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ। मङ्गलबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीले देशका विभिन्न भागमा दुई हजार दुई सय ४४ नयाँ बिरामी थपिएका बताएका छन्।

Hardik ivf

एक महिनाअघि न्युजिल्याण्डमा दैनिकरूपमा १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए। बिरामीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हाल न्युजिल्याण्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २४ हजार सात सय २४ रहेको छ भने यो रोगको सङ्क्रमणबाट एक हजार आठ सय ९३ जनाले ज्यान गुमाएका छन्। 

यसैबीच, मलेसियामा मङ्गलबार मध्यरातसम्मको विवरणअनुसार चार जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेसियामा ३६ हजार दुई सय १० जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। देशमा कुल ४७ लाख ८० हजार दुई सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।  

दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन। मङ्गलबार एकै दिन ७५ जनाको मृत्यु भएको छ। सोमबार मध्यरात सार्वजनिक गरिएको विवरणअनुसार देशमा एक लाख तीन हजार नौ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई करोड ३२ लाख ४६ हजार तीन सय ८९ पुगेको छ। 

सोमबारको तुलनामा मंगलबार भारतमा पनि कोरोनाका बिरामी बढेका छन्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सात हजार दुई सय ३१ जनामा कोभिड–१९ पुष्टि भएको जनाएको छ। नयाँ बिरामी थपिएसँगै देशभरका सङ्क्रमितको सङ्ख्या चार करोड ४४ लाख २८ हजार तीन सय ९३ पुगेको छ।

मंगलबार उक्त रोग लागेर ४५ जनाको मृत्यु भएको छ। महामारी प्रारम्भ भएयता भारतमा कोरोना लागेर पाँच लाख २७ हजार आठ सय ७४ जनाको ज्यान गइसकेको छ।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्