धरान उपमहानगरपालिका : कांग्रेसको अग्रता कायमै, पछ्याउँदै नेकपा
धरान, मंसिर १५ : सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कायमै राखेका छन्।
आइतबार साँ....
धरान, मंसिर १५ : सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले अग्रता कायमै राखेका छन्।
आइतबार साँझ ५ बजेको मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार राईले ७ सय ७ मतको अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका उम्मेदवार राईले ११ हजार ८ सय २७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन्।
प्रकाशित मिति: १७:२१ बजे, आइतबार, मंसिर १५, २०७६
थप समाचार






