Kathmandu Press

२४ बुँदे माग राखेर आन्दोलनमा उत्रिए कान्ति बाल अस्पतालका कर्मचारी

काठमाडौं, भदौ १५ : विभिन्न माग राखेर कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।अस्पतालमा सञ्चालक समिति गठन गर्नुपर्ने, निर्देशक र लेखा प्रमुखले राजीनामा...
२४ बुँदे माग राखेर आन्दोलनमा उत्रिए कान्ति बाल अस्पतालका कर्मचारी

काठमाडौं, भदौ १५ : विभिन्न माग राखेर कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

अस्पतालमा सञ्चालक समिति गठन गर्नुपर्ने, निर्देशक र लेखा प्रमुखले राजीनामा दिनुपर्ने, करार कर्मचारीकाु नवीकरण गर्नुपर्ने, कर्मचारीको स्तरवृद्धि र तह मिलान गर्नुपर्नेलगायत माग राख्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना माग पूरा गराउन अस्पताल विकास समिति कर्मचारी संर्घष समिति नै गठन गरेर उनीहरू आन्दोलित भएका हुन्।

Hardik ivf

समिितकाे अगुवाइमा बुधबारदेखि विरोधस्वरुप कालोपट्टी लगाएर काम गरिरहेका छन् र माग पूरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समयसीमा दिएका छन्।

यही भदौ २१ सम्म माग पूरा नभए कार्यकारी निर्देशक र लेखा प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने आन्दोलनमा उत्रिएका कर्मचारीहरुले बताएका छन्।

उनिहरूका अनुसार आन्दोलनरत कर्मचारीहरुले आफ्ना मागका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री र सचिवलाई भेटेर पनि जानकारी गराइसकिएकाे छ।

 

प्रकाशित मिति: ११:५९ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्