Kathmandu Press

कास्की क्षेत्र नम्बर २ : नेकपाकी विद्या भट्टराईलाई फराकिलो अग्रता

पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले फराकिलो ....

कास्की क्षेत्र नम्बर २ : नेकपाकी विद्या भट्टराईलाई फराकिलो अग्रता

पोखरा, मंसिर १५ : कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यकी उम्मेदवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विद्या भट्टराईले फराकिलो अग्रता कायम गरेकी छिन्। 

नेकपाकी उम्मेदवार भट्टराईले ८ हजार ५ सय ४२ को अग्रता कायम गरेकी हुन्। नेकपाकी भट्टराईले २० हजार ७ सय ९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ५५ मत पाएका छन्।

 ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो।

यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार रविन्द्र अधिकारीले ८ हजार ५ सय ४६ मतान्तरले कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका थिए।
 

प्रकाशित मिति: १७:०० बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्