Kathmandu Press

चन्द्रमाको पूजा गरी मिथिलामा मनाइयो चौठचन्द्र पर्व

जनकपुर, भदौ १५: मिथिला क्षेत्रमा चौरचन (चौठचन्द्र) पर्व सकिएको छ। मंगलबार साँझ चन्द्रमाको पूजा गरी चौठचन्द्र पर्व मनाइएको हो।यो पर्व मिथिला क्षेत्रमा भाद्र...
चन्द्रमाको पूजा गरी मिथिलामा मनाइयो चौठचन्द्र पर्व

जनकपुर, भदौ १५: मिथिला क्षेत्रमा चौरचन (चौठचन्द्र) पर्व सकिएको छ। मंगलबार साँझ चन्द्रमाको पूजा गरी चौठचन्द्र पर्व मनाइएको हो।

यो पर्व मिथिला क्षेत्रमा भाद्र शुक्लपक्षको चतुर्थीका मनाइन्छ। दिनभरि उपवास भएका परिवारका महिला सदस्यहरूले साँझपख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा छ । 

Hardik ivf

चौठचन्द्र पर्वमा सूर्यास्तपछि गाईको गोबरले आँगन लिपपोत गरी बनाइएको चतुष्कोण यज्ञस्थलमा दीप प्रज्वलन गर्दै उपवास बसेका व्रतालुले फलफूल र मिष्ठान्न चन्द्रमालाई चढाएर (देखाएर) पूजा गर्ने परम्परा छ ।  

यो पर्वमा नयाँ माटोको भाँडामा जमाइएको दही, मिठाइ, नरिवल, केरा, अम्बा, पुरीलगायतका सामग्री प्रसादका रूपमा राखेर चन्द्रमाको पूजा गर्ने गरिन्छ । पूजा सकिएपछि पूजाका लागि आँगनमा बनाइएको चतुष्कोण यज्ञस्थलमै बसेर घरका पुरुष सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा रहेको मिथिला संस्कृतिका जानकार पण्डित रामकुमार शास्त्रीले बताए।

चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा दाल र चामलको पिठोबाट बनाइने पुरी, पिरुकिया र खीर, माटोको छ्याँचीमा जमाइएको दही, पाकेको केराको घरीसहित अन्य फलफूल र वस्त्र आभूषण चढाउने परम्परा छ।  (रासस)

प्रकाशित मिति: ०७:०३ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्