संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका पोखरेल विजयी
संखुवासभा, मंसिर १५ : संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तेजबहादुर पोखरेल विजयी भएका छन्।
....
संखुवासभा, मंसिर १५ : संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तेजबहादुर पोखरेल विजयी भएका छन्।
नेकपाका पोखरेलले कांग्रेसका उम्मेदवार विमन पराजुलीलाई पराजित गरेका हुन्। अध्यक्षमा निर्वाचित पोखरेलले ३०१८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका पराजुलीले २२१६ मतमात्रै प्राप्त गरेको थिए।
समाजवादी पार्टीबाट उम्मेदवार बनेका नुर्वु शेर्पाले २९८ मतमात्रै पाए। यसअघि भएको स्थानीय तहको निर्वाचनमा मकालु गाउँपालिकामा तत्कालीन नेकपा एमालेका खड्ग कटुवाल विजयी भएका थिए।
कटुवालको दुर्घटनामा निधन भएपछि अध्यक्ष पदमा उपनिर्वाचन भएको हो।
प्रकाशित मिति: १६:३३ बजे, आइतबार, मंसिर १५, २०७६
थप समाचार






