दाङ ३ ‘ख’ : नेकपाकी विमला खत्री ३२ सयभन्दा बढी मतले अगाडि
घोराही, मंसिर १५ : दाङ क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’ मा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला कुमारी खत्रीले....
घोराही, मंसिर १५ : दाङ क्षेत्र नम्बर ३ को प्रदेश ‘ख’ मा सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन्।
पछिल्लो मत परिणाम अनुसार नेकपाकी उम्मेदवार विमलाले १३ हजार ९ सय मतका साथ अग्रता कायमै राखेकी छिन्। नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्माले १० हजार ६ सय ३२ मतका साथ उनलाई पछ्याइरहेका छन्। २५ हजार ५ सय २१ मत गणना हुँदा नेकपाकी खत्रीले ३२ सय ६८ मतको अग्रता कायम गरेकी छिन्।
यसअघि २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनबाट निर्वाचित नेकपाका सांसद उत्तर कुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको पदका लागि उपनिर्वाचन भएको हो।
त्यतिबेला नेकपाका ओलीले कांग्रेसका उम्मेदवार वुद्धिराम भण्डारीलाई झण्डै ६ हजार मतान्तरले पराजित गरेका थिए।






