Kathmandu Press

चिनियाँ राष्ट्रपति सी र नमुना निजामती कर्मचारीबीच भेट

चिनियाँ राष्ट्रपति सी र नमुना निजामती कर्मचारीबीच भेट

बेइजिङ, भदाै १४ : चिनका राष्ट्रपति सी चिन फिङले मंगलबार राष्ट्रिय पुरस्कार समारोहमा भाग लिन बेइजिङमा रहेका नमुना निजामती कर्मचारीका प्रतिनिधिहरूसँग भेटवार्ता गरेका छन्।

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहनुभएका सीले देशभरका प्रतिनिधिहरूलाई बधाइ तथा शुभकामना व्यक्त गरेका छन्।

उनले ती प्रतिनिधिहरूलाई आफ्नो लक्ष्य र ध्येयमा अडिग रहन र आफ्नो जिम्मेवारीलाई काँधमा राख्न प्रोत्साहित गरेको जनाइएकाे छ।

प्रकाशित मिति: १८:०६ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्