Kathmandu Press

मिनीबस र ट्रक ठोक्किँदा इरानमा १६ जनाको मृत्यु

तेहरान, भदाै १४ : दक्षिणपश्चिम इरानमा मङ्गलबार बिहान मिनीबस र ट्रक ठोक्किदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका...
मिनीबस र ट्रक ठोक्किँदा इरानमा १६ जनाको मृत्यु

तेहरान, भदाै १४ : दक्षिणपश्चिम इरानमा मङ्गलबार बिहान मिनीबस र ट्रक ठोक्किदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको गभमिशाबादबाट शुष्टर जाने बाटोमा ट्रकसँग मिनीबस ठोक्किएको शुष्टारका चिकित्सा विज्ञान विश्वविद्यालयका प्रमुख मोज्ताबा कलान्तरले बताएका छन्।

उनले कामदारहरू सो मिनीबसमा सवार रहेको पुष्टि गरेका छन्।आपत्कालीन सेवा र एम्बुलेन्सको सहायताले घाइतेहरूलाई अस्पताल पुर्याइएको बताइएको छ। 

यसअघि खुजेस्तानको मेडिकल इमर्जेन्सी सेन्टरका जनसम्पर्क कार्यालयका निर्देशक आरेफ असल शरहानीले घाइतेहरूलाई अस्पताल लैजानका लागि हेलिकप्टर पनि पठाइएको बताए थिए।

घटनाको कारणबारे प्रदेश प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्