हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेकपाको जित
हुम्ला, मंसिर १५ : हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रूपा शाही विजयी भएकी छन्।
<....
हुम्ला, मंसिर १५ : हुम्लाको खर्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की रूपा शाही विजयी भएकी छन्।
आइतबार दिउँसो सकिएको मतगणना अनुसार नेकपाकी उम्मेदवार शाहीले कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीलाई पराजित गरेकी हुन्। उपाध्यक्षमा विजयी शाहीले १४ सय ५४ मत प्राप्त गर्दा कांग्रेसकी ताराकुमारीले १३ सय ८५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
राप्रपा संयुक्तबाट उम्मेदवार बनेका दीपबहादुर शाहीले भने १० मत मात्रै प्राप्त गरे।
प्रकाशित मिति: १५:५९ बजे, आइतबार, मंसिर १५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार