जनप्रतिनिधिसँग कांग्रेस नेताको अन्तर्क्रिया
काभ्रे, भदौ १४ : निर्वाचित जनप्रतिनिधिसँग कांग्रेसको जिल्ला नेताहरुले अन्तर्क्रिया गरेका छन्। कांग्रेसको चुनावी अभियान ‘जनताको साथमा कांग्रस’ अन्तर्गत जिल्ला नेताहरुले पार्टीबाट निर्वाचित...
काभ्रे, भदौ १४ : निर्वाचित जनप्रतिनिधिसँग कांग्रेसको जिल्ला नेताहरुले अन्तर्क्रिया गरेका छन्। कांग्रेसको चुनावी अभियान ‘जनताको साथमा कांग्रस’ अन्तर्गत जिल्ला नेताहरुले पार्टीबाट निर्वाचित स्थानीय निकायका प्रतिनिधिसँग मंगलबार धुनिखेलमा छलफल गरेका हुन्।
नेपाली कांग्रेस काभ्रे क्षेत्र नं २ , प्रदेश क र ख को आयोजनामा भएको कार्यक्रमका सहभागीले काभ्रेमा गठबन्धन आवश्यक नरहेको बताएका छन्। कार्यक्रममा यसअघिका कमीकमजोरी सच्याउँदै अघि बढ्नु पर्ने, पार्टी र स्थानीय तह विचमा छलफल र सल्लाह हुनुपर्ने विषयमा पनि पार्टीका नेता र जनप्रतिनिधिहरुबीच छलफल भएको थियो ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले सबै मिलेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए । उनले आगामी निर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताउन नेता तथा कार्यकर्तालाई आग्रह गरे।

यस्तै, केन्द्रिय सदस्य गणेश लामाले स्थानीय तहमा जस्तै संघ र प्रदेशमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबैलाई अग्रसर हुन अनुरोध गरे । कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादेले स्थानीय तह जितेर मात्र विकास नहुने जनाउँदै संघ र प्रदेशमा समेत कांग्रेसका उम्मेदवारलाई जिताएर विकासबाट पछि नपर्न आग्रह गरे।
यस्तै, कांग्रेस काभ्रे प्रतिनिधि सभा २ का सभापति महेश खरेलले तेरो मेरो नभनी पार्टीलाई जिताउन सबैको भूमिका महत्वपूर्ण हुने हुँदा भन्दै पार्टीको मर्म अनुसार चल्न सबैलाई आग्रह गरे।

कार्यक्रममा बागमती प्रदेशका सदस्य गणेश फुयाल, कल्पना खड्का, नेता अच्युत पौडेल, कांग्रेस बागमती प्रदेशका सदस्य शान्ता क्षेत्री, होम चौलागाइ सुनिता लामा, बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीलगायतको उपस्थिति थियो।













