Kathmandu Press

जनताको साथमा कांग्रेस अभियानका लागि बाँकेमा प्रतिनिधि परिचालन

बाँके, भदाै १४ : नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ । केन्द्रले सञ्चालन गरेको अभियानलाई...
जनताको साथमा कांग्रेस अभियानका लागि बाँकेमा प्रतिनिधि परिचालन

बाँके, भदाै १४ : नेपाली कांग्रेस बाँकेले ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि जिल्लाका आठवटै पालिकामा जिल्ला प्रतिनिधि खटाएको छ।

केन्द्रले सञ्चालन गरेको अभियानलाई प्रभावकारी बनाउन जिल्लास्तरबाट पालिकामा एक–एक प्रतिनिधि खटाइएको कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले बताए। सभापति गौडेलका अनुसार जिल्ला प्रतिनिधिका रुपमा पार्टी पदाधिकारीलाई नै खटाइएको हो ।

जिल्ला कार्यसमितिका उपसभापति गोपालप्रसाद अधिकारीलाई डुडुवा गाउँपालिका, अर्का उपसभापति कृष्णबहादुर कार्कीलाई कोहलपुर नगरपालिका, सचिवद्वय सुधांशु कोइरालालाई नेपालगञ्ज उपमहानगरपालिका र सञ्जुकुमारी चौधरीलाई नरैनापुर गाउँपालिका, कोषाध्यक्ष यज्ञबहादुर बस्नेतलाई बैजनाथ गाउँपालिका, सहसचिवद्वय रेणुसिंह ठाकुरलाई जानकी र विनोदकुमार थारुलाई खजुरा गाउँपालिकामा जिल्ला प्रतिनिधिका रुपमा खटाइएको छ। 

यस्तै पार्टी प्रवक्ता डिल्ली गिरीलाई राप्तीसोनारी गाउँपालिकाको प्रतिनिधिका रुपमा खटाइएको सभापति गौडेलले बताए। यही मङ्सिंर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधीसभा सदस्य निर्वाचनको व्यवस्थापनका लागि प्रतिनिधि खटाइएको हो।

प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्