Kathmandu Press

भक्तपुरमा चथाः पर्व मनाइँदै

भक्तपुर, भदाै १४ : नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ। पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५...
भक्तपुरमा चथाः पर्व मनाइँदै

भक्तपुर, भदाै १४ : नेवार समुदायले भाद्र शुक्ल चतुर्थीको साँझ मनाइने चथाः पूजा भक्तपुरमा आजै मनाइने भएको छ। पञ्चाङ्ग निर्णायक समितिको पात्रोअनुसार भदौ १५ गते भाद्र शुक्ल चतुर्थी भए पनि आज साँझ नै चतुर्थी पर्न आएका कारण आजै मनाउन लागिएको हो। 

नेवा सँस्कृतिमा तिथि र मिति मिलाएर साँस्कृतिक पर्व मनाउनुपर्ने भएकाले आजै मनाउन लागिएको भैरवनाथका पूजारी माइला छुङ्काले बताए।

Hardik ivf

गणेश चतुर्थीको अवसरमा नेवार समुदायले घर चोख्याएर साँझ परिवारका सबै सदस्य बसेर गणेश र चन्द्रमालाई जीवनमा चोर दोष कहिल्यै नलागोस भन्ने कामनासहित पूजा गर्दछन। भगवान गणेशको जन्म दिन समेत मानिएको चतुर्थीको साँझ कौशी वा झ्यालमा चथा गणेश र चन्द्रमाको पूजा गर्ने परम्परा छ। गणेश र चन्द्रमाको पूजा गरे जीवनमा  चोर दोष नलाग्ने विश्वास छ। 

चतुर्थीको दिन पूजा गर्दा चथा गणेशको तस्बिरलाई पला लप्ते ९कमलको पात० वा जेला लप्ते ९हल्दीको पात जस्तो०मा राखेर दुबो, मुला र लडडु, नैवेद्य, खाइसी, अदुवाको बोट, काँक्रो, भुटेको आरुको बीऊ, नासपाती, केरा, स्याउ, अनार, अम्वा, हाँडे ओखर, मसला, मकै, भटमास, गहुँ, केराउ, चना, बकुल्ला र बदाम भुटेको गेडागुडी चढाइन्छ।

यसरी विधिवतरुपमा पूजा सकेपछि परिवारका सबै सदस्य प्रसादको रुपमा गणेश र चन्द्रमालाई चढाएको फलफुल तथा गेडागुडी खाने चलन छ। आजको दिन चथा गणेशलाई विभिन्न पकवानसँगै विषेशगरी दुवो, लड्डु र मुला चढाउँदा गणेश खुशी भई जीवनमा चिताएको मनोकामना पूरा हुने विश्वास छ।

चतुर्थीको अवसरमा नेवार समुदायमा चन्द्रमाको पूजा गर्ने परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथै घरको सबै झ्याल ढोकामा पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाशसमेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतिक्षामा बस्ने र चन्द्रमा देखापरेपछि मात्र चथा गणेशको पूजा गरी प्रसाद खाएर घरभित्र पस्ने चलन छ।

गणेश चतुर्थीलाई भक्तपुरका नेवार समुदायले १०औैँ भित्र्याउने चाडका रुपमा लिने गरेको छ। दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेषगरि घरघरमा मासु भित्र्याउने चलन छ। नेवार समुदायमा चथाःपर्व राम्रो भए दशै पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास छ। त्यही आज बेलुका घर परिवारका सबै सदस्य लाइनले बसेर भोज खाने चलन छ। आजकै दिन भक्तपुरका किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने चलन छ।

आजकै दिन इन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौँको बसन्तपुरसम्म लिङ्गो लैजाने परम्परा छ। इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिङ्गो भक्तपुरको चित्तापोलस्थित लिङ्गेवनबाट ल्याइन्छ। लिङ््गेवनमा विधिपूर्वक पूजा गरेपछि बली दिने बोकालाई छोड्ने र सो बोकाले जुन रुखलाई छुन्छ सोही रुख काटेर ल्याउनुपर्ने परम्परा छ। 

प्रकाशित मिति: १७:०४ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्