Kathmandu Press

भृकुटीमण्डपमा फर्निचर मेला  हुने

काठमाडाैं, भदाै १४ : यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुने भएको छ। फर्निचर तथा फर्निसिङ सङ्घले...
भृकुटीमण्डपमा फर्निचर मेला  हुने

काठमाडाैं, भदाै १४ : यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुने भएको छ। 

फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा  भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ।

जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा रहने सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिनुभयो । 

सङ्घका अध्यक्ष जोशीका अनुसार नेपालमा रु ६० अर्ब बराबरको फर्निचरजन्य सामाग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि रु १०० शुल्क निर्धारण गरिएको छ ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत  सहयोग रहेको छ ।

प्रकाशित मिति: १५:५३ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्