Kathmandu Press

भक्तपुरको दत्तात्रय मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडाैं, भदाै १४ : भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो लागेको छ।यसअघिका वर्षमा कोरोना जोखिमका कारण कम दर्शनार्थी पुगे पनि यस...
भक्तपुरको दत्तात्रय मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडाैं, भदाै १४ : भक्तपुरको दत्तात्रय मन्दिरमा तीजको अवसरमा लाग्ने दर्शनार्थीको घुइँचो लागेको छ।

यसअघिका वर्षमा कोरोना जोखिमका कारण कम दर्शनार्थी पुगे पनि यस वर्ष दत्तात्रय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो।

दत्तात्रय भगवान शिवका गुरु हुन् । धार्मिक विधि नुसार गुरु अर्थात् दत्तात्रयको दर्शन गरेपछि मात्रै शिवको दर्शन तथा पूजा गर्नु पर्ने मान्यता छ।

त्यस्तै तीजका अवसरमा भक्तपुरको डोलेश्वरलगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ। 

प्रकाशित मिति: १४:३६ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्