Kathmandu Press

भदौ २६ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं, भदौ १४ : नेपाल राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ।दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै दिन लागिएको...
भदौ २६ देखि नयाँ नोट साट्न पाइने

काठमाडौं, भदौ १४ : नेपाल राष्ट्र बैंकले भदौ २६ देखि नयाँ नोट सटही सुविधा दिने तयारी गरेको छ।

दसैं, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै दिन लागिएको नोट सटही सुविधामा प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न दिने तयारी  गरिएको राष्ट्रबैंकले जनाएको छ।

सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सक्ने व्यवस्था गरिने बताइएको छ। कहाँकहाँबाट नयाँ नोट साट्न सकिने भनेर भदौ २० पछि मात्रै सूचना प्रकाशित हुनेछ।

काठमाडौं उपत्यकाबाहिर पनि बैंक तथा वित्तीय संस्थामार्फत नै आवश्यकताअनुसार राष्ट्र बैंकको प्रदेशस्थिति कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइनेछ।

प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँ दरका एक नयाँ नोट उपलब्ध गराउने राष्ट्र बैंकको भनाइ छ।

प्रकाशित मिति: १३:३७ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्