Kathmandu Press

धरान उपमहानगरपालिका : कांग्रेस उम्मेदवार तिलकको अग्रता (अपडेट)

धरान, मंसिर १५ : धरान उपमहानगरपालिकाको मेयरका लागि भएको चुनावमा नेपाली कांग्रेसका तिलक राईले अग्रता लिएका छन्।

नेकपा र कांग्रेसबीच कडा टक्कर....

धरान उपमहानगरपालिका : कांग्रेस उम्मेदवार तिलकको अग्रता (अपडेट)

धरान, मंसिर १५ : धरान उपमहानगरपालिकाको मेयरका लागि भएको चुनावमा नेपाली कांग्रेसका तिलक राईले अग्रता लिएका छन्।

नेकपा र कांग्रेसबीच कडा टक्कर रहेको धरानको पछिल्लो मतपरिणामअनुसार, कांग्रेसका तिलक ७ सय ४५ मतले अगाडि छन्। 

१६ हजार १६८ मत गणना हुँदा कांग्रेसका उम्मेदवार राईले ७ हजार ९ सय १५ मत प्राप्त गरेका छन्।  उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रकाश राईले ७ हजार १ सय ७० मत पाएका छन्।

प्रकाशित मिति: १४:२९ बजे, आइतबार, मंसिर १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्