Kathmandu Press

फिरोज मियाँ मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग

पर्सा, भदाै १४ : पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ (अन्सारी) को मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल...
फिरोज मियाँ मृत्यु प्रकरण : निष्पक्ष छानबिनको माग

पर्सा, भदाै १४ : पर्साको छिपहरमाई गाउँपालिका–२ निवासी ३२ वर्षीय फिरोज मियाँ (अन्सारी) को मृत्यु प्रकरणमा मृतकका आफन्त र शुभेच्छुकहरूले सो घटनाको तत्काल निष्पक्ष छानबिनको माग गरेका छन्।

वीरगञ्जस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण मियाँको ज्यान गएको आरोप लगाउँदै उनीहरुले दोषीलाई कारबाही र न्यायिक छानविनको माग गरेका हुन्।

स्वास्थ्यमा समस्या भएपछि गत साउन २६ गते अस्पताल भर्ना भएका मिँयाको गत साउन २७ गते डा आसिफ अन्सारीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्नुभएको थियो। शल्यक्रिया पछि उनको अवस्था जटिल बनेपछि थप उपचारका लागि मियाँलाई काठमाडौँको मेडिसिटी अस्पतालमा पठाइएकामा उपचारकै क्रममा भदौ ५ गते राति मृत्यु भएको थियो।

Hardik ivf

हेल्थ केयरमा कार्यरत स्वास्थ्यकर्मीको लापरवाहीका कारण शल्यक्रियाका क्रममा अत्याधिक रगत बगेर  मियाँको ज्यान गएको फिरोजका पिता जुनम मियाँको आरोप थियो।

बिरामीका आफन्तले यसबारे न्यायिक छानबिन र दोषीउपर कानुनबमोजिम कारबाहीको माग राख्दै यसअघि पर्सा जिल्ला प्रशासन कार्यालयमा समेत लिखितरूपमा उजुरी दर्ता गराएको उनले जानकारी दिए। 

यसै विषयमा उक्त अस्पतालका सञ्चालक डा. अबुलहैस अन्सारीले अस्पतालको पक्षबाट फिरोजको उपचारमा कुनै लापरवाही नभएको तर  स्वास्थ्य अवस्था बिग्रिँदै जानुको कारण पहिलादेखि नै हृदयरोगी रहेको जिकिर गरे।

यता उपचारमा सम्लग्न चिकित्सक डा अन्सारीको पेशागत र व्यक्तिगत चरित्रहत्या हुने गरी बिरामीका आफन्त र केही सञ्चार माध्यमले भ्रामक हल्ला फैलाएको भन्दै चिकित्सक सङ्घले आपत्ति जनाएको छ।

डा. गुप्ताले वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रममा दूरबिनबाट शल्यक्रिया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउँदा पनि मियाँको अत्यधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यक्रिया गरिएको बताए।

बिरामीलाई निको पार्न अथक प्रयास गर्दागर्दै पनि उपचारका क्रममा भवितव्यवश केही जटिल समस्या देखिन गएको अवस्थामा बिरामीका आफन्तले मिथ्या आरोप लगाएको उनको भनाइ थियो। 

प्रकाशित मिति: १३:०० बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्