Kathmandu Press

निःशुल्क एम्बुलेन्स सेवा सुरु

पर्सा, भदाै १४ : पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ।पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि...
निःशुल्क एम्बुलेन्स सेवा सुरु

पर्सा, भदाै १४ : पर्साको सखुवाप्रसौनी गाउँपालिकाले पहिलोपटक पालिकाभित्रका सबै बिरामीका लागि निःशुल्करूपमा एम्बुलेन्स सेवा सुरु गरेको छ।

पालिकाअन्तर्गत व्यक्ति बिरामी परेर उपचारका लागि पर्सा जिल्लाको कुनै पनि अस्पतालमा जान परे एम्बुलेन्सले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष यशवन्त यादवले बताए।

हाल पालिकामा दुईवटा निःशुल्क एम्बुलेन्स उपलब्ध छ। मधुवन मथलव स्वास्थ्यचौकी र महुवन स्वास्थ्यचौकीमा रहेका दुईवटा एम्बुलेन्स, पालिकाका सेवाग्राहीका लागि निःशुल्क उपलब्ध गराउन थालिएको गाउँपालिलाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले जनानकारी दिए।

सखुवाप्रसौनी गाउँपालिकाका सेवाग्राहीले उपचारका लागि पर्सा जिल्लाभन्दा बाहिरी जिल्लाको अस्पताल वा स्वास्थ्य संस्थामा जानुपरेमा भने इन्धन खर्चमात्रै सेवाग्राही स्वयंले व्यहोर्नुपर्ने अध्यक्ष यादवले बताए। 

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्