Kathmandu Press

क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

लस एन्जलस, भदाै १४ : क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ।क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या...
क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि

लस एन्जलस, भदाै १४ : क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ।

क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ। 

एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार तीन सय ६१ वटा हत्याका घटना अभिलेख भएका थिए। त्यसअघिको वर्ष एक सय ५० वटा त्यस्ता घटना भएका थिए।

सन् २०२१ मा हत्याका तीन चौथाई घटनामा बन्दुकको प्रयोग भएको थियो। गत वर्ष ज्यान गुमाएका करिब आधा व्यक्ति दक्षिण अमेरिकीमूलका थिए भने करिब ३० प्रतिशत अश्वेत थिए।

प्रकाशित मिति: १२:५४ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्