Kathmandu Press

तीजको शुभकामना दिँदै मुख्यमन्त्री शाहीले भने– मौलिकता कायम राख्न आवश्यक छ

सुर्खेत, भदौ १४ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मौलिकता कायम राख्दै तीन मनाउन आवश्यक रहेको बताएका छन्। तिजको शुभकामना दिँदै मुख्यन्त्री शाहीले...
तीजको शुभकामना दिँदै मुख्यमन्त्री शाहीले भने– मौलिकता कायम राख्न आवश्यक छ

सुर्खेत, भदौ १४ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मौलिकता कायम राख्दै तीन मनाउन आवश्यक रहेको बताएका छन्। तिजको शुभकामना दिँदै मुख्यन्त्री शाहीले तीजको भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको बताएका छन्।

ृउनले भड्किलोपन हटाउन सके तीजको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास पनि व्यक्त गरेका छन्।

मुख्यमन्त्री शाहीले तीजले समाजमा विद्यमान लैंगिक, जातीय विभेदलगायत सबै प्रकारका असमानता अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्पे्ररित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

‘तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ, यसको आफ्नै मौलिकता छन्, चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ’, मुख्यमन्त्री शाहीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस्ता धार्मिक÷सांस्कृतिक पर्वले नेपालीहरूका बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पु¥याउँछ।’

 

प्रकाशित मिति: ११:०९ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्