तीज सिर्जनशील र उल्लासमय रहोस् : उपराष्ट्रपति
काठमाडौं, भदौ १४ : उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।मंगलबार शुभकामना दिँदै...
काठमाडौं, भदौ १४ : उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्।
मंगलबार शुभकामना दिँदै उनले तीज पर्व सिर्जनशील र उल्लासमय रहोस् भनी कामना गरेका छन्। तीजले नेपाली महिलाहरुमा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्ने उपराष्ट्रपति पुनको विश्वस छ।
उपराष्ट्रपति पुनले आफ्नो स्वास्थ्यलाई ध्यान दिएर तीज पर्व मान्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गरेका छन्।
चाड पर्वहरूले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको उल्लेख गर्दै उनले नेपालका धार्मिक तथा सांस्कृतिक चाडपर्वहरु कतिपय परम्पराबाट माथि उठेर मनाउन आवश्यक रहेको बताएका छन्।
प्रकाशित मिति: १०:३५ बजे, मंगलबार, भदौ १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












