Kathmandu Press

सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान, भदौ १४ : सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।दुर्घटनामा कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरकी...
सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यान, भदौ १४ : सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

दुर्घटनामा कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र ६० वर्षीया कमलाकुमारी पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

लक्ष्मीपुरबाट टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका १० नयाँ बस्तीमा दुर्घटनामा भएको हो।

दुर्घटनामा घाइते भएका दुवै जनालाई जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुग्ने वितिक्कै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष खनालले बताए।

त्यस्तै, दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, ६ वर्षीया अस्मिता पुन घाइते भएका छन्। अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

 

प्रकाशित मिति: ०८:१२ बजे, मंगलबार, भदौ १४, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्