Kathmandu Press

कास्की क्षेत्र नम्बर २ : विद्या भट्टराई आठ हजार मतले अगाडि (अपडेट)

पोखरा, मंसिर १५ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ भएको निर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउँदै लगेकी छन्।

आइतबा....

कास्की क्षेत्र नम्बर २ : विद्या भट्टराई आठ हजार मतले अगाडि (अपडेट)

पोखरा, मंसिर १५ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ भएको निर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले मतान्तर बढाउँदै लगेकी छन्।

आइतबार दिउँसो ३ बजेसम्मको मतपरिणाम अनुसार, विद्याले नेपाली कांग्रेसका खेमराज पौडेलभन्दा आठ हजार चार २० मत बढी पाएकी छन्।

उनले १७ हजार ६ सय ४४ मत पाएकी छन्। त्यस्तै, कांग्रेसका खेमराजले नौ हजार दुई सय २४ मत पाएका छन्।  अन्य उम्मेदवार भने उनीहरुको नजिक पुग्न सकेका छैनन्। कुनै पनि उम्मेदवारले एक हजार मत कटाएका छैनन्।

अहिलेसम्म करिब ३० हजार मत गणना भएको जनाएको छ। कास्की–२ मा ४५ हजार पाँच सय ५३ मत खसेका हुन्।

 

-----------    ----------------   -----------------   -------------------   ---------------------

 

पोखरा, मंसिर १५ : प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा भएको उपनिर्वाचनमा नेकपाका उम्मेद्वार विद्या भट्टराईले मतान्तर बढाउदै लगेकी छन्।

आइतबार दिउँसो साढे १ बजेसम्मको मत परिणामअनुसार, उनले १४ हजार आठ सय ५० मत पाएकी छन्। उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेलले सात हजार आठ ५० मत पाएका छन्।

अहिलेसम्म करिब २५ हजार मत गणना भएको जनाएको छ। कास्की–२ मा ४५ हजार पाँच सय ५३ मत खसेका हुन्।

 

प्रकाशित मिति: १३:५७ बजे, आइतबार, मंसिर १५, २०७६