ज्योति लाइफ र क्रिष्टल डाइग्नोष्टिकबीच सम्झौता, स्वास्थ्य परिक्षणमा १५ प्रतिशत छुट
काठमाडौं, भदौं १३ : ज्योती लाइफ इन्स्योरेन्स र क्रिष्टल डाइग्नेष्टिकबीच स्वास्थ्य परिक्षणसम्बन्धी सम्झौता भएको छ । ज्योती लाइफ इन्स्योरेन्समा बीमा गर्ने बिमितले स्वास्थ्य परिक्षण...
काठमाडौं, भदौं १३ : ज्योति लाइफ इन्स्योरेन्स र किष्टल डाइग्नेष्टिकबीच स्वास्थ्य परिक्षणसम्बन्धी सम्झौता भएको छ । ज्योति लाइफ इन्स्योरेन्समा बीमा गर्ने बिमितले स्वास्थ्य परिक्षण गर्नका लागि १५ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो ।
सम्झाैता पत्रमा ज्योति लाइफ इन्स्योरेन्सको कर्पाेरेट अफिस ज्ञानेश्वरमा क्रिष्टल डाइनोष्टिकका प्रमुख सञ्चालन अधिकृत (सीओओ) बिभुषना गुरुङ र ज्योति लाइफ इन्स्योरेन्सका कर्पाेरेट ब्रान्च म्यानेजर टेकन बेलवासेले सोमबार हस्ताक्षर गरे।
ज्योति लाइफ इन्योरेन्समा बीमा गर्दा क्रिष्टल डाइग्नेष्टिकमा स्वास्थ्य परिक्षण गर्ने, बिमितको स्वास्थ्य परिक्षण पनि किष्टलबाटै हुन भनि सम्झौता भएको ज्योति लाइफका कर्पाेरेट ब्रान्च म्यानेजर टेकन बेलवासेले बताए । ‘किष्टलले बिमितलाई सहुलियतमा सेवा दिने उद्देश्यले सम्झौता गरेका हौँ,’ उनले भने ।
बिमा गर्दामात्र नभई बिमा गरिसकेपछि ज्याेति लाइफका बिमितले किष्टल डाइग्नेष्टिकमा स्वास्थ्य परीक्षाण गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै ज्योति लाइफका कर्मचारीले स्वास्थ्य परीक्षणमा २५ प्रतिशत छुट पाउने छन् । बेलबासेका अनुसार हाल ज्योति लाइफमा करिब २ लाख बिमित छन् ।
सम्झौतापछि क्रिष्टल डाइनोष्टिकले ज्योति लाइफ इन्स्योरेन्सको व्यवस्थापन तथा कर्मचारीहरुलाई विशेष छुटसहितको सेवा प्रदान गर्ने क्रिष्टल डाइनोष्टिक प्रमुख सञ्चालन अधिकृत (सीओओ) बिभुषना गुरुङ जानकारी दिइन् ।
क्रिष्टल डाइनोष्टिकको अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह १५१८९ः२०१२ र ९००१ः२०१५ आईएसओ मान्यता प्राप्त किष्टल डाइग्नोष्टिक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति प्राप्त विशिष्ट श्रेणी ‘क’ वर्गको रेफरेन्स प्रयोगशाला हो।

-1786083934.jpg)









